मैत्रीपूर्ण रूपमा खेलाइएको फुटबल हेरिरहेका खेलप्रेमीहरूले यसपटक पोखरामा बेग्लै खेल हेर्ने अवसर पाए । रोमाञ्चक फुटबल हेर्न स्थानीय रंगशालमा दर्शकको बाक्लो उपस्थिति देखियो ।
हास्यकलाकार दीपाश्री निरौला, नायिका झरना थापा, गायक प्रशान्त तामाङ, निखिल उप्रेती, रमेश उप्रेती, धिरेन शाक्य, शंकर बिसी, गोपाल नेपाल ‘फिस्टे’, राजेन्द्र खड्की, केशव भट्टराई, अर्जुन कार्की आदिले खेल खेलेका थिए।
कलाकारका तर्फबाट शंकर बिसीले खेल अवधि भर तीन गोल गर्दै ह्याट्रिक गरे । त्यस्तै पोखरेली व्यवसायीका तर्फबाट पूर्व राष्ट्रिय खेलाडी आनन्द रञ्जितले २ गोल तथा लालकाजी श्रेष्ठले १ गोल गर्दै खेललाई बराबरीमा पुर्याए । निर्देशक सोभित बस्नेत एवं नृत्य निर्देशक सुरेन्द्र शाहले उद्घोषण गर्दै खेलाडीहरूलाई हौसला प्रदान गरेका थिए ।
फोटो फिचर :


तस्बिर : सुर्दशन रञ्जित/साप्ताहिक
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment