साफ च्याम्पियनसिप फुटवलका लागि २७ सदस्यीय प्रारम्भिक टोली छनोट

साफ च्याम्पियनसिप दुई सातापछि भारतको केरलामा शुरु हुँदैछ । टोलीका म्यानेजरमा रमेश रायमाझी छन् । अखिल नेपाल फुटवल संघले च्याम्पियनसिपका लागि अन्तिम २० सदस्यीय टोलीको घोषणा बारे केही जनाएको छैन ।
नेपाली टोलीका राष्ट्रिय टोलीका प्रशिक्षक प्याट्रिक अउसेम्सले साफ च्याम्पियनसिप फुटवलका लागि २७ सदस्यीय प्रारम्भिक टोली छनोट गरेका छन् । बन्द प्रशिक्षणमा रहेका ३९ मध्येबाट मुख्य प्रशिक्षकले २७ जनालाई छनोट गरेका हुन् । चोटका कारण बन्द प्रशिक्षणमा ४ खेलाडीले सहभागिता जनाएनन् । ८ खेलाडी भने प्रारम्भिक छनोटबाट बाहिरिएका छन् । 
२७ जनामा अटाउनेमा :
किरण चेम्जोङ, बिकेश कुथु, अमृत चौधरी, रञ्जित धिमाल, रविन श्रेष्ठ, देवेन्द्र तामाङ्ग, जितेन्द्र कार्की, अनन्त तामाङ्ग, आदित्य चौधरी, बिराज महर्जन र अजित भण्डारी ,जगजित श्रेष्ठ, रोहित चन्द, हेमन गुरुङ्ग, राजेन्द्र रावल, शिव श्रेष्ठ, बिक्रम लामा, बिशाल राई, योगेश गुरुङ्ग , टंक बस्नेत,नविन लामा, अञ्जन बिष्ट, नवयुग श्रेष्ठ, अनिल गुरुङ्ग, बिमल घर्ती मगर, कर्ण लिम्बु र भरत खवासले प्रारम्भिक टोलीमा स्थान पक्का गरेका छन् । 
प्रतियोगिताको समूह ए मा रहेको नेपालले पहिलो खेल आगामी पुस ८ गते श्रीलंकाबिरुद्ध खेल्नेछ । समूहको अन्तिम खेलमा आयोजक भारतसँग पुस १२ मा प्रतिस्पर्धा गर्नेछ ।  
फोटो : द काठमाडौं पोस्ट (फाईल फोटो)
Share on Google Plus

Write Your Comment

0 comments:

Post a Comment